उदेश्य :
- सदस्य परिवारका वाल वालिकाको नियमित वचत जम्मा गर्न अभिप्रेरित गरी वचत जम्मा गर्ने वानीको विकास गर्न,
- सदस्य परिवारका वाल वालिकाहरुको फजुल खर्च गर्ने वानी हटाउन,
- भविष्यमा सदस्य परिवारका ‘वाल सदस्यहरु’ सहज रुपमा संस्थाको सेयर सदस्य वनुन भन्ने वातावरण तयार गर्न,
- सदस्य परिवारका वाल वालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित गर्न,
- सदस्य परिवारका वाल वालिकालाई आत्मनिर्भर वनाई भविष्य सुनिश्चित गर्न ।
विशेषता :
- सेयर सदस्यले आफ्ना १५ वर्ष मुनीका बाल वालिकाको फजुल खर्च गर्ने बानीमा परिवर्तन गरी वचत गर्ने बानी बसाल्न संस्थासंग अग्रीम सम्झौता गरी बाल खुत्रुके वचत जम्मा गर्न सक्नेछन् ।
- संस्थाले इच्छुक सदस्यलाई खुत्रुके निःशुल्क उपलब्ध गराउनेछ ।
- बाल खुत्रुके वचतमा न्यूनतम् रु. १००।– जम्मा गर्नु पर्नेछ । सो भन्दा वढी रकम जतिसुकै भए पनि स्वीकार गरिनेछ ।
- बाल सदस्यले जम्मा गरेको बाल खुत्रुके वचतको रकम संस्थामा नै खुत्रुके ल्याई खोलि बाल तथा खुत्रुके वचत खातामा जम्मा गराउन सकिने छ ।
- बाल खुत्रुके वचतको रकम संकलन गर्दा सम्वन्धित सदस्यलाई पास बुक र अनुसूची ८ बमोजिमको निस्सा उपलब्ध गराइनेछ ।
- बाल तथा खुत्रुके वचत सदस्य वालिक नहुन्जेल सम्म रहि रहने हुनाले यो खातमा वचत भएको रकम वच्चा वालिग भए पछि मात्र फिर्ता लैजान सकिने छ ।
- संरक्षकले बाल खुत्रुके वचतमा जम्मा गरेको रकम ऋण स्वरुप लैजान चाहेमा १ वर्ष पछि खातामा भएको रकमको ९० प्रतिशत ऋण स्वरुप लैजान सक्नेछन् ।
- खुत्रुके क्षति भएमा रु. ४००।– क्षतिपूर्ति वापत संस्थामा रकम बुझाउनु पर्नेछ र खाता बन्द गर्दा खुत्रुके संस्थालाई फिर्ता गर्नु पर्ने छ ।
- खुत्रुके खोल्दा जम्मा भएको रकम सदस्यले झिक्न वा घटाउन पाइने छैन ।
- सदस्यलाई उपलब्ध गराइएको खुत्रुकेको चाबी संकलक संग हुनेछ । सो खुत्रुके संकलकले मात्र सदस्यका अगाडि खोली रकम वचत खातामा चढाई संस्थामा जम्मा गरिने छ ।
- दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
- गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
- रु. २०,०००।– माथि वचत भएका बाल तथा खुत्रुके वचत सदस्यहरुलाई नि:शूल्क वर्थ डे को दिन केक उपहार दिने । केक नलिएमा खातामा रु. ४०० जम्मा गरिदिने ।
निक्षेप संकलन विधिः
- बजार प्रतिनिधि मार्फत संकलन हुने ।
- सदस्य परिवार, बाल तथा खुत्रुके वचतकर्ता स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।
ब्याजदरः
- ९ प्रतिशत
(व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )
न्यूनतम जम्मा गर्नु पर्ने :
रु. १००।– प्रति महिना
बाल तथा खुत्रुके वचत (Children Piggy Box Saving)