विपतमा सिन्धु साकोसको रक्तदान अभियान

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

निरन्तर लकडाउनको अवधि वढी रहेको अवस्थामा स्थानिय स्तरमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाले मानिविय सम्वेदनासँग जोडिँदै महामारीमा सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै जीम्मेवारीका साथ रक्तदान अभियानको आयोजना गरिएको संस्थाका युवा समित संयोजक संजित कार्कीले बताउनु भयो ।

जिल्लामा लामो समयदेखि बन्दाबन्दीले नियमित रक्तदान गर्ने क्याम्पहरु संचालन हुन सकिरहेको छैन । जिल्लावाट वाहिर उपचारको क्रममा विरामीहरु जान नसक्नु तथा विभिन्न सल्यक्रिया एवं नियमित रगत चडाउनु पर्ने रक्तअल्पता भएका विमारीहरुको मात्रा बक्लिएकाले रगतको माग बढेको आकस्मिक रक्तसंचार केन्द्रका इन्चार्ज कुसुम सुवेदीले पनि बताउनु भयो ।

यो लकडाउनको पछिल्ला दिनहरु जेष्ठको दुई हप्ता भित्र आमस्मीक रक्तसंचार केन्द्रवाट ६० पिन्ट रगत खपत हुनुले पनि जिल्लामा अस्पतालमा रगत संग सम्वन्धित सेवाग्राहीहरुको मात्रा वढेको र रगतको माग स्पष्ट हुन्छ ।

यस्तो अवस्थामालाई मध्य नजर गर्दै मानविनय हितका लागि रक्तदान अभियानमा सिन्धु साकोसका यूवा टिम निरन्तर जुटीरहेको छ । लगातार १० पटक सम्म रक्तदान गर्ने स्थानिय तेजेन्द्र तथा विश्वनाथ थापाले रक्तदान महादान जस्तो पुन्य काममा योगदान गर्न पाउँदा गर्व लागेको वताउँछन् । उहाँहरु स्वस्थ यूवाहरुलाई तिन तिन महिनामा रगत दान गर्ने अभियान चलाउनु पर्नेमा जोड दिन्छन् ।

लकडाउनको समयमा कोरोना भाईरसको डरका कारण रक्तदाताहरु आकस्मिक रक्तसञ्चार केन्द्रमा आई रक्तदान गर्न आह्वान गर्न पनि नसकिरहेको अवस्थामा अत्यावश्यक रगतको अभाव हुन नदिन सिन्धु बचत तथा ऋण सहकारी संस्थाले गरेको हातेमालोे प्रति रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठले हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

सहकारी संस्थाको आयोजनामा शुक्रवार सिन्धुलीको आकस्मिक रक्तसंचार केन्द्रमा रक्तदानमा सम्मपन्न भएको कार्यक्रममा लगातारको झरी तथा लकडाउनको विचमा पनि १५ जनाले रक्तदाताहरुले रक्तदान गरेका थिए ।

विपतमा सिन्धु साकोसको रक्तदान अभियान