व्यवस्थापकको कलमबाट ✍

सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुली जिल्लाको कमलामाई नगर क्षेत्रका स्थानिय नागरिकहरुले विशेषतः निम्न तथा मध्यम तहको वित्तीय आवश्यकता पुरा गर्नका लागि समुदायमा आधारित सहकारी संस्थाको आवश्यकता महशुस गर्दै यो संस्थाको अवधारणा र आधार तय गरेर आफ्नो स्वामित्व, व्यवस्थापन र सहकार्यका आधारमा सहकारी संस्था सञ्चालन गर्ने मूल ध्येयका साथ ३० जना सदस्यहरुको तत्काल चुक्ता शेयर पुँजी तिस हजार रकम सहित स्थापना गरिएको थियो । समय अन्तराल संगै हजारौ सदस्यहरुको साथमा करोडौ रकम सहितको वित्तिय करोवारको साथमा गुणस्तरिय वित्तीय सेवाका साथमा सहकारीको अभियानको क्षेत्रमा आषा लाग्दो संस्थाको रुपमा सिन्धुली जिल्लामा अस्तित्वमा रहेको छ । यति ठुलो सदस्य संस्था तथा आर्थिक कारोवारलाई सत प्रतिशत गुणस्तरीय रुपमा संचालन गरि सुरक्षित सेवा प्रवाह गर्न जोखिम भएता पनि सहकारी ऐन नियमावली तथा मापदण्डको अक्षरस पालना गर्दै वित्तीय शुशासन एवं समुदायमा आधारीत रहि सदस्यहरुको जीवनलाई सहकारीको माध्यमवाट माथि उकास्न विभिन्न वचतका अवधारणा एवं सुलभ ऋण सेवा प्रवाह तथा रेमटान्स सेवा उपलव्ध गराउन संस्था हप्तामा सातै दिन सदस्यहरुको सुविधाका लागि संस्था निरन्तर लागि परिरहेको छ ।

“एकका लागि सवै सवैका लागि एक” भन्ने सहकारीको मुल मन्त्रलाई आत्म साथ गर्दै वचतमा वृद्धी जीवनमा समृद्धी भन्ने अभियानमा संस्था जुटीरहँदा संस्थाले सदस्यहरुको वित्तिय रुपमा सकृय सहभागीता पाईरहेको अवस्थामा भविश्यमा अझ सशक्त रुपमा वलियो संस्थाको रुपमा स्थापित भई भिविन्न सामाजिक उत्तरदायीत्वका सृजनशिल कृयाकलापहरु सहित सहकारी अभियानमा जीवन्त रहने विश्वास लिएका छौ ।

सुरेश कुमार ज्यु ठकुरी
(ब्यबस्थापक)
सिन्धु बचत तथा ऋण सहकारी संस्था लि
.