अध्यक्षको कलमबाट ✍

सिन्धु वचत तथा ऋण सहकारी संस्था लि. कमलामाई नगरपालिका वडा नं–६ धुरावजारवासी समुदायको विशेष पहलमा मिति २०६५।६।१८ गते दर्ता भएको हो । यी अक्षरहरु कोरी रहदा यो सस्था १२ वसन्त पार गरी १३औं वर्षमा दौडी रहेको अवस्थामा छ । यसको मुख्य कार्यालय कमलामाई नगरपालिका वडा नं–६ धुरावजार सिन्धुलीमा रहेको छ ।

यो सस्थाको मुख्य उदेश्य भनेको निम्न आर्थिक अवस्थाबाट गुज्रीएका र ठूला ठूला बैंक तथा वित्तीय सस्थामा सरोकार विहीन समुदायमा वसोवास गर्ने व्यक्तिहरुसँग छरिएर रहेका थोरै थोरै रकमलाई वचत गर्ने वानीमा परिवर्तन गर्ने र तिनै समुदायका मानिसका आर्थिक स्तर वृद्धि गर्न, ऋण प्रवाह सहजतापुर्वक गर्न र यसवाट समुदायका मानिसका आर्थिक तथा सामाजिक अवस्थालाई रुपान्तरण गरी परिवर्तन गर्ने, महगो व्याजबाट विपन्न वर्गको ढाड सेकिने परम्पराको अन्त्य गर्न र कमलामाई नगरपालिका भित्र छरिएर रहेका वहु भाषी, वहु साँस्कृतिक र वहु जातीय समुदायका मानिसहरु सँग सम्बन्ध जोडनका निम्ति पनि मूलतः यो सस्थाको उदेश्य रहेको छ ।

यो संस्था वचत तथा ऋणको कारोवार गर्ने प्रारम्भिक सस्था हो । यस संस्थाले आफ्नो आर्थिक वा सामाजिक कार्यको लक्ष्य प्राप्तिका लागि विभिन्न विधाका संघ संस्थाहरुसँग मीत्रवत सम्बन्ध राख्नु दायित्व हुन आउँछ । जस अनुसार प्रतिस्पर्धामा रहेका समान प्रारम्भिक सहकारीहरु, जिल्ला वचत तथा ऋण सहकारी संघ, जिल्ला सहकारी संघ, स्थानीय सरकारका सरोकारवाला निकायहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश स्तरीय सहकारी र केन्द्रका नेप्सकून सहकारी सँग पनि सम्बन्ध तथा समन्वय गरी आएको छ ।

यो सहकारी संस्था राष्ट्रिय कानून सहकारी ऐन, २०४८ तथा नियमावली, २०४९ अन्तर्गत दर्ता भै उक्त ऐनको परिधि भित्र रहेर विनियम, २०६५ निर्माण गरी हाल सम्म विभिन्न निति, कार्यविधि, निर्देशिका, सम्पति शुद्दिकरणा सम्बन्धी निर्देशिका, कोपोमिसको प्रयोग, प्रदेशीय सहकारी सम्बन्धी ऐन तथा नियमावली र स्थानीय सरकारको सहकारी ऐन र नियमावलीको सम्मान तथा परिपालना गर्दै यिनै कानूनहरुलाई औजारको रुपमा प्रयोग गरी आफ्ना दैनिक कार्यहरु शेयर सदस्यहरुमा सेवा निरन्तर रुपमा दिदै आएको छ ।

सस्था संन्चालन गर्दा दुईवटा विषयमा ध्यान पुर्याउनु जरुरी छ । पहिलो नम्वरमा आर्थिक सुशासन कायम राख्नु र दोश्रोमा सस्थागत विकास सुशासन । यस सस्थाको छोटो समयमा सस्थागत विकास सुशासन र आर्थिक सुशासन कायम राख्न सफल भएको छ । किनकी सस्थाका संचालक समितिको निर्णय वमोजिम गर्ने गरेको र यो कार्यमा संचालक समिति निरन्तर रुपमा लागि परेको छ । यस संस्थाको संचालक तथा कर्मचारीको सुरक्षाको कवजको रुपमा लेखा तथा सुपरिवेक्षण समिति क्रियाशील रहेको छ । यसलाई साथ दिनका निम्ति ७ वटा अन्य उपसमितिहरु सकृय रुपमा लागि परेको छ । यसरी यस सस्थाको आर्थिक कारोवारमा पारदर्शिता छ भने अर्को तर्फ संचालक, लेखा समिति र उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु भएकोछ ।

यस सस्थामा वचतका २० वटा खाता संचालनमा छ भने १५ वटा विषयमा ऋण लगानी गर्ने रणनीतिक योजनामा व्यवस्था रहेकोछ । यी कथनहरु कोरी रहदा आ.व.२०७८/७९ को रणनीतिक योजनामा मासिक वचत रु.४००। पुर्याउने, हरेक शेयर सदस्यको शेयर न्यूनतम रु.४०००। पुर्याउने रणनीति तय भएको छ जुन कार्य २०७८ साल श्रावण महिनाबाट कार्यान्वयनमा ल्याईनेछ । यस संस्थाका शेयर सदस्यहरुलाई सेवा प्रवाह विनाझन्झट छिटोछरितो रुपमा सस्थाले सेवा प्रदान गरेको छ । सस्थाको आर्थिक कारोवार के कस्तो छ भन्ने विषयमा त्रैमासिक रुपमा पल्र्स रिपोट तयार गरी संचालक समितिको वैठकमा छलफल गरी विश्लेषण गरिने व्यवस्था मिलाईएको छ । त्यसका साथै सवै उपसिमिति, लेखा समिति र कर्मचारीको मासिक वैठक वसी सस्थाको वारेमा प्रतिवेदन संचालक समितिको मासिक वैठकमा पेश गरी छलफल गरिने व्यवस्था गरिएको छ । यो सस्था आ.व.२०७७/७८ देखि प्रोवेशनमा आवद्द रहेको हुँदा यस सस्थाको आर्थिक र सस्थागत विकास सुशासनको वारेमा नेप्सकूनको नजरमा वा नेप्सकूनको सहयोगमा अग्र गतिमा अगाडि वढी रहेकोछ । यो संस्था नीति, विधि र प्रविधिको आधारमा संचालन भएको छ ।

यस सस्थाको हाल सम्म आफ्नो भवन निर्माण हुन सकेको छैन । हाल सम्म भाडामा नै कार्यालय संचालन हुदै आएको छ । संस्था संचालन गर्दा विषयगत शाखाहरु रहेका छन् । सवै आर्थिक कारोवार सफ्टवेरबाट मात्र भएका छन् । अन्य कार्यहरु पनि डिजिटल प्रविधिबाट संचालन हुदै आएका छन् । आ.व.२०७८/७९ देखि आ.व.२०८१/८२ सम्ममा मोवाएल वैकिङबाट आर्थिक कारोवार गर्ने रणनीति वनाईएको छ । यो संस्था व्राण्ड प्राप्तिका लागि नेफ्सकूनको कार्यक्रम प्रोवेशनमा आवद्दता रही नेफ्सकूनको निर्देशनमा आर्थिक सुशासन र संस्थागत सुशासनका लागि कार्यहरु सम्पन्न गरी आएको अवस्था छ ।

अतः यस सस्थामा आधारभूत श्रोत तथा साधानको प्रयोग भएको हुँदा यस संस्थाको संस्थागत सुशासन कायम गर्न वर्तमान संचालक समिति, लेखा समिति र उप समितहरु आ–आफ्नो तर्फबाट सक्रीयताका साथ उठनुभएको छ । सिन्धुली जिल्लामा वचत तथा ऋणको कारोवार गर्ने सस्था मध्ये सिन्धु वचत तथा ऋण सहकारी संस्था लि.ले आ.व.२०७७/७८ मा रु.२६,५८,७४,२६१।४४ आर्थिक कारोवार गर्न सफल भएको छ । यो छोटो समयमा यो अवस्थामा पुर्याउन भूमिका खेल्ने संचालक, लेखा समिति, उपसमितिहरु, शेयर सदस्यहरु र कर्मचारीहरु धन्यवादका पात्र वन्न सफल हुनुभएको छ ।

यो संस्था दर्ता भएदेखि ३ जनाले नेतृत्व लिनु भएको छ । जस मध्य २०६५ असोसदेखि २०७१।५।१७ सम्म श्री जयमान तामाङ अध्यक्ष रहनु भयो । मिति २०७१।५।१८ देखि २०७७।९।२९ गते सम्म श्री नवराज कोईराला अध्यक्ष रहनु भयो भने मिति २०७७।९।३० गते देखि श्री जंगबहादुर राई अध्यक्ष पदमा निर्वाचित भै नेतृत्व गरी आएको अवस्था छ । दुवै जना पूर्व अध्यक्षहरु कार्य कुशलतामा निपूर्णता हुनु भएको हुदा छोटो समयमा यो सस्था यहाँ सम्म आईपुगेको छ र मलाई जिम्वा दिनु भएकोछ जसलाई मैले निरन्तरता दिदै समय सापेक्ष अग्रगतिमा लागी आ.व.२०८१/८२ मा अनुमानित रु ५६,५१,००,०००। आर्थिक कारोवार गर्ने लक्ष्य लिएको छु ।

अन्त्यमा, यो सस्थाले आ.व.२०७७/७८ मा अनुमानित लक्ष्यभन्दा माथि आफ्नो आर्थिक कारोवार गर्न सफल भएको छ । यस सस्थाले आ.व.२०७८/७९ देखि आ.व.२०८१/८२ सम्मको चार वर्षीय रणनीति योजना वनाई मिति २०७८।४।१ गते संचालक, लेखा समिति, सल्लाहकार समिति र उपसमितिको संयुक्त वैठकबाट पारित गरी कार्यन्वयनमा ल्याएको छ । जुन ४ वर्षीय रणनीतिक योजना अनुसार आ.व.२०८१/८२ सम्मा यो सस्थाको आर्थिक कारोवार रु ५६,५१,००,०००। पुर्याउने अनुमानित लक्ष्य राखेको छ । यो अनुमानित लक्ष्य हासिल गर्नका लागि संचालकहरु, लेखा तथा सुपरीवेक्षण समिति, उपसमितिहरु, सल्लाहाकार समिति, शेयर सदस्यहरु र कर्मचारी वर्गले साथ सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राख्दछु ।

जय सिन्धु सहकारी ।

जंग वहादुर राई
(अध्यक्ष)
सिन्धु बचत तथा ऋण सहकारी संस्था लि
.