संस्थाको १५औं स्थापना दिवस : रक्तदान तथा सहयोग कार्यक्रम

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारमा संचालित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले १५ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा सम्पन्न गरेको हो ।

त्यस्तै, स्थापना दिवसकै अवसर परेर नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको १ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्यलाई सहयोग पुर्याउने अभिप्रायले संस्थाका अध्यक्ष श्री जंग बहादुर राई ज्यूले सिन्धु साकोसको तर्फबाट रु. ५५,५५५। (पचपन्न हजार पाँच सय पचपन्न मात्र ) अक्षयकोष वापतको चेक नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ ज्यूलाई हस्तान्तरण गर्नुभएको थियो ।

संस्थाको १५औं स्थापना दिवस : रक्तदान तथा सहयोग कार्यक्रम