नि:वर्तमान अध्यक्षको कलमबाट ✍

“समुन्नत भविश्यको लागि संयूक्त अभियान, सिन्धुमा निरन्तर वचत हाम्रो दरिलो पहिचान” भन्ने मुल नारा सहित सहकारीको साझा यात्रा तय गरेको सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुरावजार सिन्धुली २०६५ असोज १८ गते डिभिजन सहकारी कार्यालय धनुषामा विधिवत रुपमा दर्ता भई संस्थागत स्वरुप प्राप्त भएको हो । सदस्यहरुको सहकार्यको प्रतिबद्धता र स्वामित्वमा स्थापना भएको यस सहकारीले विशेषतः सिन्धुली जिल्लामा छोटो समयमा नै एक सफल एवं उदाहरणिय सहकारीको पहिचान बनाउँदै संस्थाले समाजमा छरिएर रहेका रकमलाई वचतको माध्यमवाट पुँजीको रुपमा विकास गरी लघु तथा मध्यम तहको कर्जा मार्फत सदस्यहरुको आर्थिक स्तर अभिवृद्धि गर्ने, सहकार्यको माध्यमबाट सदस्य तथा समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको छ । विभिन्न चुनौति र सीमाहरुका वावजुद अवसर र सक्षमतालाई उपयोग गर्ने क्रममा सफल सञ्चालनको यो तहमा ल्याउन नेतृत्व, मार्गदर्शन र सहयोग गर्नु हुने आदरणिय सदस्यज्यूहरुको सकृय सहभागीता एवं सहकारीता भावले हामी यहाँसम्म आई पुगेका छौं ।

संस्था सहकारी सिद्धान्त र मूल्यमान्यताहरुलाई पालन गर्ने, सदस्यहरुलाई भेदभाव रहित र पक्षपात रहित ढंगले सरल वित्तिय सुविधाहरु उपलव्ध गराउने र सामाजिक तथा गैरवित्तिय क्रियाकलापहरुमा सहभागी हुँदै सदस्यहरु र समाजले समेत त्यसवारे जान्ने बुझने, चासो राख्ने र अपनत्व महशुस हुने, संस्थाको सञ्चालनमा प्रत्यक्ष भुमिका खेल्ने र प्रगतिमा गौरव वोधको अनुभुति दिलाउन यथासम्भव कोशिश गरिरहेका छौं । संस्थाले थोरै थोरै र नियमित रुपमा वचत जम्मा गर्न अभियान चलाएको धनराशी करोडौमा रुपान्तरित हुँदै गर्दा सदस्यहरुको वचतलाई सतप्रतिशत शुरक्षित लगानी गर्दै हजारौंले वित्तिय सेवा-सुविधा र प्रत्यक्ष अप्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । हाम्रो लगानी, विश्वास र प्रतिवद्धताले सहकारी क्षेत्रबाट पनि हामी र हाम्रो समाजलाई अगाडि बढाउने अनेकन् सम्भावनाहरुका साथ सहकारीलाई समुदायमा आधारित र सदस्य केन्द्रित बनाउने, प्रविधिमैत्रि आधुनिक व्यवसायिक सिद्धान्त र अभ्यासलाई आत्मसाथ गर्ने र समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले अघि बढिरहेको सिन्धु साकोस संस्थाको अग्रगति र विकासमा सदस्य तथा शुभचिन्तकहरुको निरन्तर क्रियाशीलता एवं रचनात्मक मार्गस्पर्शी सुझावको लागि संस्था निरन्तर आषावादी रहनेछौ ।

नबराज कोइराला
(नि:वर्तमान
अध्यक्ष)
सिन्धु बचत तथा ऋण सहकारी संस्था लि
.