सिन्धु साकोसको सहयोगका लागि वचत अभियान

सिन्धुली : सिन्धु साकोसले सहयोग तथा चन्दा दिन पनि नियमित वचत गर्ने अभियान चलाएको छ ।

व्यक्तिगत तथा सामाजिक सहयोग गर्नका लागि भनेका वखतमा मन भए पनि रकम साथमा नहुने हुन्छ । नियमित रुपमा आम्दानीको थोरै थोरै रकम जम्मा गर्दै गएमा इच्छा लागेको वखत झिकेर डोनेशन गर्न सकिने अवधारणा सहित संस्थाले यो सहयोगी वचत खाता संचालनमा ल्याएको हो ।

सदस्यले आफ्नो सुनिश्चित भविश्यको लागि मात्र हैन सामाजिक उत्तरदाइत्व वहनको शिर्षकमा खर्च गर्ने पर्छ । संस्थाले परोपकारी कामका लागि कम्तिमा कमाईको १ प्रतिशत संचित गर्दै जानु पर्छ भनेर अभियान नै सुरु गरेको छ ।

सुरुमा संचालकहरुमा सिमित रहेको यो सहयोगी खाताको महत्व सहयोगी मन भएका अन्य धेरै सदस्यहरुले वुझन थालेका छन् ।संस्थाले सहयोगी मन भएका सदस्यहरुको मागलाई ध्यानमा राखी यो प्रोडक्ट विगतका वर्षहरु देखि संचालनमा ल्याएको हो । उक्त खातामा सहभागीता जनाउँदै ३६ जना खातावालहरुको हाल सम्म २,४६,३९९।६५ रकम सो प्रकृतिको खातामा जम्मा भई सकेको संस्थाका व्यवस्थापक अमिर वस्नेतले सहकारी संयोजनलाई वताएका छन् । यो नितान्त सदस्यको वचत हो यसलाई सदस्यको मन्जुरी विना कसैलाई दिन मिल्दैन र यस्लाई सदस्यले आफ्नो इच्छा अनुसार झिकेर वितरण गर्न सकिने उनको भनाई थियो । उक्त खातावाला मध्य २६ जना सदस्यहरुले प्रति व्यक्ति रु. १००० का दरले कोभिड संक्रमतिको लागि उपचार गर्नका निर्माण आरभ्म गरिएको कोभिड अस्पताल सिन्धुलीलाई दिएका छन् ।

सिन्धु वचत तथा ऋण सहकारी संस्थाका सहयोगी वचत खाताका खाताधारी सदस्यहरुको २६ जनावाट २६,०००। , संस्थाको सामाजिक विकास कोष अन्तरगतको आ.व. २०६७।७७ को मौज्दात रमक वाट खर्च गरी २५,००० र संस्था कार्यरत ६ जनाा कर्मचारीहरुको सहयोग ४,५५५ को सहित एक मुष्ट रु. ५५,५५५ ( पचपन्न हजार पाँच सय पचपन्न ) दिएका हुन । संचालक समितीको शुक्रवार आयोजित नियमित वैठक पश्चात उक्त रकम वरावरको चेक आईसोलेसन निर्माण उपभोक्ता समितीका सदस्य अम्ररेश चन्द्र वैदारलाई हस्तान्तरण गरेको हो ।

सिन्धुलीमा कोरोनाको सक्रमितको संख्या दिनानुदीन वढी रहेको वर्तमान अवस्थामा सिन्धुली जिल्लाको क.न.पा. ६, शिवनगरमा वन्दै गरेको आईसोलेसन भवनका लागि सहकारीको यो कल्याणकारी कदमको प्रसंसा गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष एवं आईसोलेसन निर्माण उपभोक्ता समितीका सदस्य अम्ररेश चन्द्र वैदारले यो अनुकरणीय प्रसायलाई सवैले अनुसरण गर्न समेत आग्रह गरेका छन् ।

सिन्धु साकोसको सहयोगका लागि वचत अभियान