उद्देश्य :
- संस्थाबाट स्वरोजगार ऋण सुबिधा लिएर स्वरोजगार बनेका सदस्यहरुलाई अनिवार्य बचत गर्ने बानि बसाल्न,
- संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित रकम वचत गर्ने बानीको विकास गर्न,
- सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
- संस्थाको पूँजी वृद्धि गर्न,
- सदस्यहरुलाई आत्मनिर्भर बनाई भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।
विशेषता :
- सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिने ।
- दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
- गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
- नि:शुल्क खाताको स्टेटमेन्ट तथा पेइङ स्लीपको व्यवस्था हुने ।
- वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
निक्षेप संकलन विधिः
- बजार प्रतिनिधि मार्फत संकलन हुने ।
- सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।
ब्याजदरः
- ७ प्रतिशत
(व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )
न्यूनतम मौज्दात राख्नु पर्ने :
- मासिक रु. ५०० वा सो भन्दा माथि ।
स्वरोजगार बचत (Self Employment Saving)