संस्थाको १३औं स्थापना दिवस : विरामीलाई फलफुल वितरण र सडक सरसफाई कार्यक्रम

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजारमा रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा सोमवार सहरकारीले सडक सरसफाई र विरामीहरुलाई फलफुल वितरण गरेर मनाएको हो ।

स्थापना दिवसको अवसरमा सहकारीले कमलामाई नगरपालिका-६ धुरा बजार सिरान देखि बसपार्क पुलसम्म सडक सरसफाई गरेको सहरकारीले जनाएको छ । त्यस्तै सिन्धुली अस्पतालका २२ जना विरामीहरुलाई फुलफुल वितरण गरेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जंग बहादुर राईले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा रहेको १० जना सुत्केरी महिलाहरुलाई १ किलो हर्लिस, १ लिटर जुस अन्य १२ विरामीहरुलाई स्याउ, जुस र अनार वितरण गरेको अध्यक्ष राईले बताउनुभयो । 

सहकारीले सिन्धुली अस्पताल मै पुगेर विरामीहरुलाई फलफुल वितरण गरेको हो । सहकारीले हरेक बर्षको स्थापना दिवस सामाजिक कार्य गरेर मनाउदै आएकाले यस बर्ष पनि सडक सरसफाई र विरामीहरुलाई फलफुल वितरण गरेर दिवस मनाएको अध्यक्ष राईको भनाई छ ।

२०६५ साल असोज १८ गते स्थापना भएको सिन्धु बचत तथा ऋण सहकारी संस्थामा अहिले २६ सय भन्दाबढी शेयर सदस्यहरु रहेका छन भने २५ करोड भन्दाबढीको कारोवार रहेको संस्थाका अध्यक्ष राईले बताउनुभयो ।

संस्थाको १३औं स्थापना दिवस : विरामीलाई फलफुल वितरण र सडक सरसफाई कार्यक्रम