कर्जा आवेदन फारमसँग संलग्न गर्नुपर्ने कागजातहरु

  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपि – १ प्रति
  • शेयर प्रमाण पत्रको प्रतिलिपि – १ प्रति
  • नियमित वचत गरेको पासबुकको प्रतिलिपि – १ प्रति, वा वचत स्टेटमेन्ट
  • जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) को प्रतिलिपि – १ प्रति
  • चालु आ.व.को मालपोत तिरेको (तिरो तिरेको) रसिदको प्रतिलिपि – १ प्रति
  • घरजग्गाको चारकिल्ला प्रमाणित प्रतिलिपि (सम्बन्धित गा.पा. / न.पा.बाट खुलेको स्पष्ट विवरण) – १ प्रति
  • जग्गाको सक्कल फिल्ड नक्सा र ट्रेस नक्सा –१ प्रति
  • घरको नक्सा पास प्रमाण पत्र र निमार्ण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि – १ प्रति
  • व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि (व्यवसायिक ऋणको लागि मात्र) – १ प्रति
  • आयकर दर्ता प्रमाण पत्र (प्यान) को प्रतिलिपि (व्यवसायिक ऋणको लागि मात्र) – १ प्रति
  • घर जग्गा खरिद गर्दाको राजिनामा लिखतको प्रतिलिपि – १ प्रति
  • सम्बन्धित घर जग्गा स्थलको फोटो र सम्बन्धित धनि सहित स्थलमा उभिएको फोटो – १ प्रति
  • कर्जा उपयोग गर्ने व्यवसायिक योजना – १ प्रति
  • घर बहाल सम्झौता पत्र (भाडामा बसेको भए मात्र) को प्रतिलिपि – १ प्रति
  • आम्दानी स्रोतहरु स्पस्ट खुल्ने अन्य कागजातहरु
  • व्यवसायिक प्रयोजनको लागि माग भएको कर्जामा आवश्यक कागजातहरु

नोट : ऋण लिनको लागि संस्थामा नियमित कारोबार गरेको ३ महिना नाघेको हुनु पर्नेछ ।