उद्देश्य :
- संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित वचत गर्ने बानीको विकास गर्न,
- दशैको वेला हुने अतिरिक्त दक्षिणा बापत हुने खर्च जोहो गर्न,
- सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
- संस्थाको पूँजी वृद्धि गर्न,
- सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।
विशेषता :
- सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
- बार्षिक रुपमा सदस्यहरुले कारोवार गरेको रकमको व्याज दशैको वेला भुक्तानी लिन सकिने ।
- दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
- गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
- नि:शुल्क खाताको स्टेटमेन्ट तथा पेइङ स्लीपको व्यवस्था हुने ।
- वचत रकमलाई जमानत राखी ऋण १२ प्रतिशत व्याज दरमै लैजान सकिने ।
- यस बचत खातामा बार्षिक रुपमा प्राप्त व्याज वरावरको रकमवाट दशैको वेला नयाँ नोट उपलव्ध गराइने ।
निक्षेप संकलन विधिः
- बजार प्रतिनिधि मार्फत संकलन हुने
- सदस्य स्वयमले वा आफ्नो प्रतिनिधिमार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।
- दक्षिणा वचत जम्मा गर्ने सदस्यले नमुना दस्तखत कार्डमा आफ्नो नमुना दस्तखत प्रमाणित गराउनु पर्नेछ ।
ब्याजदरः
- १२ प्रतिशत
(व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )
एकुष्ठ मौज्दात राख्नु पर्ने :
- रु. १००,०००
दक्षिणा वचत