सहयोगी बचत

उद्देश्य :

  • मानविय हितका लागि बेला बेलामा गरिने सहयोग रकमलाई अग्रिम बचत गर्ने अभियानको विकास गर्न,
  • संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित रकम वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई आत्मनिर्भर बनाई भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिने ।
  • यस बचतमा राखिएको रकम बेला बेलामा झिकेर सहयोग प्रदान गर्न सकिने ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • नि:शुल्क खाताको स्टेटमेन्ट तथा पेइङ स्लीपको व्यवस्था हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।

निक्षेप संकलन विधिः

  • बजार प्रतिनिधि मार्फत संकलन हुने ।
  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।

ब्याजदरः

  • ८ प्रतिशत
    (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम मौज्दात राख्नु पर्ने :

  • मासिक रु. १०० वा सो भन्दा माथि ।
सहयोगी बचत