दैनिक वचत (Daily Saving)

उद्देश्य :

  • संस्थाका सदस्यहरुलाई दैनिक साना साना रकम नियमित वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको  पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई आत्मनिर्भर बनाई भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • वचत सदस्य रहुन्जेल सम्म निरन्तर रही रहने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
  • यो वचतमा जम्मा भएको रकम वार्षिक, अर्धवार्षिक रुपमा वचतको ९० प्रतिशत फिर्ता लैजान सकिने ।
  • मासिक वचत तथा ऋणको ब्याज पनि यसै खातावाट झिकेर प्रयोग गर्न सकिने ।

निक्षेप संकलन विधिः

  • बजार प्रतिनिधि मार्फत संकलन हुने ।
  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।
  • मासिक वचत प्रत्येक महिनाको मसान्त भित्र बुझाउनु पर्नेछ ।
  • सदस्यले दैनिक औषत नियमित रुपमा एउटै प्रकारको रकम जम्मा गर्नु पर्नेछ ।

ब्याजदरः

  • ६ प्रतिशत
    (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम दैनिक जम्मा गर्नु पर्ने :

  • रु. ५० भन्दा माथि जति पनि जम्मा गर्न सकिने छ ।
दैनिक वचत (Daily Saving)