संचय कोष वचत (Provident Fund Saving)

उद्देश्य :

  • संस्थामा आवद्ध कर्मचारी सदस्यहरुको रिटायर्ड पछिको भुक्तानीका लागि व्यवस्था गरिएको बचत हो ।
  • कर्मचारीको जीवनको उत्तरार्धको लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न,
  • कर्मचारी सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • कर्मचारी सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • कर्मचारी भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
  • कर्मचारीको तलवको १० प्रतिशत जम्मा गर्न सकिने ।
  • तलवको १० प्रतिशत अतिरिक्त संस्थाले थपिदिने ।
  • यो सञ्चित रकम प्रक्रिया पुरा गरी सञ्चय कोषमा नपठाउदा सम्म मात्र जम्मा गरिनेछ ।

निक्षेप संकलन विधिः

  • कर्मचारी स्वयमले कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।

ब्याजदरः

  • वार्षिक ८ प्रतिशत
    (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम जम्मा गर्नु पर्ने :

  • वचतको लागि मासिक रुपमा तलवको १० प्रतिशत मात्र जम्मा गर्नु पर्ने छ ।
संचय कोष वचत (Provident Fund Saving)