पर्व वचत (Festival Saving)

उद्देश्य :

  • संस्थाका सदस्यहरुले विवाह उत्सव, जन्म उत्सव, तिज, दशै , तिहार जस्ता पर्वहरु मनाउनको लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
  • विवाह उत्सव, जन्म उत्सव, तिज, दशै , तिहार जस्ता पर्वहरु मनाउनको लागि खातामा रु. ५०० न्युनतम मौज्दात राखि वचत फिर्ता लैजान सकिने ।
  • यस खाता धारीलाई पर्व विशेष कार्यक्रममा सहभागी वनाईने ।

निक्षेप संकलन विधिः

  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।

ब्याजदरः

  • वार्षिक ८ प्रतिशत
    (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम जम्मा गर्नु पर्ने :

  • पर्व वचतको लागि रु. ५०० मासिक जम्मा गर्न गर्नु पर्ने छ ।

पर्व वचत (Festival Saving)