नियमित मासिक वचत (Regular Monthly Saving)

उद्देश्य :

  • संस्थाका सदस्यहरुलाई नियमित वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • सदस्य भए पछि अनिवार्य यो वचत खातामा मासिक जम्मा गर्नेै पर्ने ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • वचत सदस्य रहुन्जेल सम्म निरन्तर रही रहने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।
  • यो वचत योजनामा आबद्व भए पछि सदस्य हित कोषको सुविधा उपभोग गर्न पाइने ।

निक्षेप संकलन विधि :

  • बजार प्रतिनिधि मार्फत संकलन हुने ।
  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।
  • मासिक वचत प्रत्येक महिनाको मसान्त भित्र बुझाउनु पर्नेछ ।
  • नियमित मासिक वचत अग्रीम जम्मा गर्न चाहेमा जतिसुकै समयको पनि जम्मा गर्न सकिनेछ ।
  • नियमित रुपमा बुझाउनु पर्ने मासिक वचत लगातार १ वर्ष सम्म नबुझाएमा निष्कृय सदस्यमा गणना गरि सदस्य हित कोषको सुविधा उपभोग गर्न पाइने छैन ।

ब्याजदरः

  • ७ प्रतिशत
    (व्याज वित्तिय वजार अनुसार संचालक समतिले परिवर्तन गर्न सक्ने छ )

न्यूनतम मासिक जम्मा गर्नु पर्ने:

  • रु. ३००
नियमित मासिक वचत (Regular Monthly Saving)