पेन्सन वचत (Pension Saving)

उद्देश्य :

  • संस्थाका सदस्यहरुको भविश्यको लागि पेन्सन सुविधा सरह रकम प्राप्त गर्नका लागि आजैवाट वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई अधिकतम लाभ प्रदान गरि आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता :

  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।

निक्षेप संकलन विधिः

  • सदस्य स्वयमले वा आफ्नो प्रतिनिधि मार्फत कार्यालयमा भौचर भरी जम्मा गर्न सकिने ।
  • ५०० का दरले १५ वर्ष सम्म वा १००० का दरले २५ वर्ष सम्म जम्मा गर्न सकिने ।
  • मासिक रुपमा वचत जम्मा नगरे जम्मा गर्नुपर्ने रकमको मासिक २ प्रतिशत विलम्व शुल्क लाग्ने ।

ब्याजदरः

  • वार्षिक १० प्रतिशत
    (घटवड नहुने )

न्यूनतम दैनिक जम्मा गर्नु पर्ने :

क) पेन्सन बचत मासिक रु. ५०० पन्ध्र वर्ष सम्म लगातार जम्मा गरेपछि रु. ९०,००० जम्मा वचत हुन्छ ।
१५ वर्ष पुगे पछि एकमुष्ट रकम लैजादा दोब्बर रु. १८०,०००।–

  • सदस्यले राख्ने रकम रु. ९०,०००।–
  • व्याज सहित संस्थामा जम्मा रकम रु.१,८०,०००।–
  • एक मुष्ट फिर्ता रु. १८०,०००।– (पेन्सन सुविधा नलिदा)
  • आजीवन पेन्सनः– मासिक रु. १,५००।– (कोषको व्याजदर ९ प्रतिशत)

ख) पेन्सन बचत मासिक रु. १,००० पच्चिस वर्ष पछि रु. ३००,००० जम्मा वचत हुन्छ ।
२५ वर्ष पुगे पछि एकमुष्ट लैजादा ३.५ गुणा बराबर रु. १०,५०,०००।–

  • सदस्यले राख्ने रकम रु. ३००,०००।–
  • सदस्यको मासिक आजीवन पेन्सनः– रु. ९,०००।– (कोषको व्याजदर ९ प्रतिशत)
  • एक मुष्ट फिर्ता लैजादा रु. १०,५०,०००।– (पेन्सन नलिने गरि)
  • आजीवन पेन्सनः– मासिक रु. ९,०००।– (कोषको व्याजदर ९ प्रतिशत)

पेन्सन वचत (Pension Saving)