एक मुष्ठ भुक्तानी वचत

उद्देश्य :

  • संस्थाका सदस्यहरुलाई आफ्नो आयको निश्चित एक मुष्ठ वचत गर्ने बानीको विकास गर्न,
  • सदस्यहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न,
  • संस्थाको पूँजी वृद्धि गर्न,
  • सदस्यहरुलाई आत्मनिर्भर बनाइ भविष्य सुनिश्चित बनाउन अभिप्रेरित गर्न ।

विशेषता:

  • सदस्य भए पछि यो प्रकृतिको खाता नि:शुल्क खोल्न सकिन्छ ।
  • सदस्यहरुले एकमुष्ठ रकम राखी समय अवधीको आधारमा थप भूक्तानी पाइने ।
  • दैनिक रुपमा मौज्दात रहने रकमको आधारमा व्याज गणना हुने ।
  • गणना भएको व्याज असोज, पौष ,चैत्र र असार मसान्तमा त्रैमासिक रूपमा प्रविष्टि हुने ।
  • नि:शुल्क खाताको स्टेटमेन्ट तथा पेइङ स्लीपको व्यवस्था हुने ।
  • वचत रकमलाई जमानत राखी ऋण लैजान सकिने ।

प्रकृया :

अवधिभुक्तानी
२ वर्ष२५ प्रतिशत थप भुक्तानी
३.५ वर्ष५० प्रतिशत थप भुक्तानी
६.५ वर्ष१०० प्रतिशत थप भुक्तानी

एक मुष्ठ भुक्तानी योजनाको व्याज अन्तिम भुक्तानी मितिमा मात्र गणना गरि भुक्तानी गरिनेछ र यो वचत योजनामा भाग लिन न्युनतम रु. १०,०००। वा सो भन्दा माथि जतिपनि जम्मा गर्न सकिने छ ।

एक मुष्ठ भुक्तानी वचत